HOW WILL PEOPLE REMEMBER YOU?

 HOW WILL PEOPLE REMEMBER YOU?




१ थेसलोनिकी 1:1-7

1 पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई:

अनुग्रह र शान्‍ति।

थेसलोनिकीहरूका विश्‍वासको निम्‍ति धन्‍यवाद

2 हाम्रा प्रार्थनाहरूमा तिमीहरूको निरन्‍तर स्‍मरण गर्दै हामी परमेश्‍वरलाई तिमीहरू सबैका निम्‍ति धन्‍यवाद दिन्‍छौं। 

3 हाम्रा परमेश्‍वर पिताको सामुन्‍ने हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्‍तर सम्‍झन्‍छौं।

4 भाइ हो, परमेश्‍वरका प्रियहरू, तिमीहरूलाई उहाँले चुन्‍नुभएको हामीलाई थाहा छ, 

5 किनभने हाम्रो सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्ति र पवित्र आत्‍मामा, अनि सम्‍पूर्ण निश्‍चयतासाथ आएको हो। तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्‍ता किसिमका मानिस थियौं तिमीहरू जान्‍दछौ। 

6 तिमीहरू हाम्रा र प्रभुका अनुकरण गर्ने भयौ, किनकि पवित्र आत्‍माले दिनुभएको आनन्‍दसाथ तिमीहरूले धेरै कष्‍टमा वचन ग्रहण गर्‍यौ। 

7 यहाँसम्‍म कि माकेडोनिया र अखैयामा सबै विश्‍वासीहरूका माझमा तिमीहरू नमूना बन्‍यौ।

8 'किनकि तिमीहरूद्वारा परमेश्‍वरको वचन केवल माकेडोनिया र अखैयामा मात्र प्रचार गरिएको होइन, तर परमेश्‍वरमाथिका तिमीहरूको विश्‍वास प्रत्‍येक स्‍थानमा फैलिएको छ, र हामीलाई अरू केही भन्‍नु आवश्‍यक छैन। '

9 'किनकि जुन किसिमले हाम्रो स्‍वागत तिमीहरूकहाँ भयो, अनि जीवित र साँचो परमेश्‍वरको सेवा गर्न तिमीहरू मूर्तिहरूबाट परमेश्‍वरतर्फ फर्क्‍यौ, सो त मानिसहरूले नै बताउँछन्‌। '

 

THE THREE THINGS FOR WHICH PAUL is REMEMBERING THESSALONIANS CHURCH

 

1.       WORK PRODUCED BY FAITH

 

Hebrew 4:2

किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो। तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्‍नेहरूले विश्‍वासपूर्वक यिनलाई ग्रहण गरेनन्‌।

 

Romans 9:31-32

31तर व्‍यवस्‍थामाथि आधारित भएको धार्मिकताको पछि लाग्‍ने त्‍यस इस्राएलले त्‍यो व्‍यवस्‍था पूरा गर्न सकेन। 32किन सकेन? किनकि धार्मिकता कर्महरूमाथि आधारित छ भन्‍ठानेर तिनीहरूले विश्‍वासद्वारा धार्मिकता खोजेनन्‌। तिनीहरू ठेस लाग्‍ने ढुङ्गामा ठक्‍कर खाएर लड़ेका छन्‌।

 

Romans 14:23

23तर कसैले शङ्का गरेर केही खायो भने त्‍यो दोषी ठहर्छ, किनकि उसले विश्‍वाससाथ खाएको छैन। विश्‍वासबाट उत्‍पन्‍न नभएको कुनै पनि कुरा पाप हो।

 

2.       LABOUR PROMOTED BY LOVE

 

1 Corinthians 16:14-16

14जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्‌।

15भाइ हो, तिमीहरूलाई थाहा छ, कि स्‍तिफनासका घराना अखैयामा विश्‍वास गर्नेहरूमा प्रथम हुन्‌। तिनीहरूले सन्‍तहरूका सेवामा आफैलाई अर्पण गरेका छन्‌। 16यस्‍ताहरू र यस्‍तै परिश्रम गर्ने हरेक सहकर्मीको अधीनमा रहो भनेर म तिमीहरूलाई आग्रह गर्दछु।

 

1 Corinthians 13:1-3

1मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु। 2मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ। 3यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।

 

GALATIANS 5:6

6ख्रीष्‍ट येशूमा न त खतना केही मूल्‍यको न बेखतना केही मूल्‍यको हुन्‍छ। तर एउटै कुराको मात्र मूल्‍य छ, अनि त्‍यो हो— प्रेमद्वारा काम गर्ने विश्‍वास।

 

3.       ENDURANCE INSPIRED BY HOPE

 

Hebrews 11:1

विश्वासको उदाहरण

1अब विश्‍वासचाहिँ आशा राखिएका कुराको निश्‍चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो।

 

Romans 5:3-5

3यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ, 4सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ। 5आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।

Comments

Popular posts from this blog